स्वास्थ्य सामग्री हस्तान्तरण


बझाङ । जिल्लाका स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउने तथा कोरोना न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य संस्थामा आवश्यक उपकरण तथा सामग्री सहयोग गरिएको छ । युएमएनअन्र्तगत थलारा गाउँपालिका, केदारस्युँ, वित्थडचिर, थलारा, मष्टा गाउँपालिका र बुङ्गल नगरपालिका, जिल्ला अस्पताल सिमखेत र सुरक्षाकर्मीलाई समेत स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

वितरण गरिएका स्वास्थ्य सामग्रीमा अक्सिजन, पिइपिई सेट, पल्सअक्समिटर, नन्नरिबेथ्रमाक्स, अस्पतालका लागि फोल्डिङ बेड, डसना र घरमा आइसोलेसनमा बस्दा आवश्यक पर्ने सामग्रीलगाएत रहेको युएमएनका बझाङ टिमलिडर ज्योति चपाइँले बताउनुभयो । ती सामग्रीको मूल्य रु १६ लाख ४९ हजार रहेको जनाइएको छ ।

सो अवसरमा जिल्ला अस्पतालका प्रमुख सन्दीप ओखेडाले कोरोना रोकथामका लागि ती सामग्रीले थप सहयोगपुग्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले युएमएनलगायत साझेदारी संस्थाबाट प्राप्त स्वास्थ्य सामग्रीले स्वास्थ्य तथा सुरक्षाकर्मीलाई सेवा पुगेको बताउनुभयो ।

मानव अधिकार रक्षक संजालद्वारा ध्यानाकर्षण पत्र प्रस्तुत

मानव अधिकार रक्षक सञ्जाल बझाङले आइतबार प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । कोरोनाका कारण बझाङ जिल्ला पनि प्रभावित भएसँगै ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने व्यक्तिहरु प्रभावित भएकाले कोरोना सङक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने भन्दै १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

मानव अधिकार रक्षक संजालका संयोजक भीम रसाइलीले प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी समक्ष बुझाउनु भएको ध्यानाकर्षण पत्रमा कोरोनाविरुद्धको खोप सबै जनताले लगाउन पाउनुपर्ने, ग्रामीण क्षेत्रमा अझै रुघा, खोकी, ज्वरोका बिरामीहरु धेरै भएकाले परीक्षणको दायरा बढाउनु पर्ने, सरकारले जारी गरेको निशेधाज्ञका कारण ज्याला मजदूरी गर्नेहरु मारमा परेकाले उनीहरुलाई राहतका कार्यक्रमहरु ल्याउने पर्ने, दीर्घ रोगीलाई चाहिने आवश्यक औषधिको आपूर्ति गर्नुपर्ने माग गरिएको छ ।

अपाङ्गता, जेष्ठ नागरिक, बालबालिका, महिलाको स्वास्थ्य सुरक्षाको स्थानीय तहबाट विशेष पहल गरिनुपर्ने, कालोबजारीका कारण दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै गएकाले बजार अनुगमनलाई तीब्रता दिनुपर्ने, असार पहिलो सातादेखि परेको अविरल वर्षाका कारण भएको क्षतिको विवरण सङ्कलन गरी पीडितलाई राहत लगायतका अन्य सेवाहरुको व्यवस्था गर्न ध्यानाकर्षण गराइएको छ ।

मानव अधिकार रक्षक सञ्जाल बझाङको अगुवाइमा जिल्ला खाद्य अधिकार सञ्जाल, जिल्ला गैसस महासङ्घ, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा, फोटो पत्रकार महासङ्घ जिल्ला शाखा र इन्सेक प्रतिनिधिको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाएको सञ्जालका संयोजक रसाइलीले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope