पर्यावरण र पर्यटन क्षेत्रको विकास र विस्तारमा राष्ट्रिय सुरक्षाको सरोकार रहने

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको पर्यावरण र पर्यटन क्षेत्रको विकास र विस्तारमा राष्ट्रिय सुरक्षाको सरोकार रहने बताएका छन्।
‘नेपालको हिमाली पर्यावरण र पर्वतारोहणमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयको वेबिनारको आज उद्घाटन गर्दै उनले वातावरणीय संरक्षणको महत्व केवल मुलुकविशेषको नभई समग्र विश्वकै चासो र चिन्ताको विषय भएको भनाइृ राखे।
राष्ट्रिय सुरक्षा परिषद् सचिवालयद्वारा आयोजित दुईदिवसीय कार्यक्रममा राष्ट्रिय निकुञ्ज र सीमा सुरक्षालाई प्रभावकारी बनाउन अत्याधुनिक सर्भिलेन्स उपकरणको प्रयोग जस्ता विषयमा छलफल हुनेछ ।
परिषद् सचिवालय संयोजक एवं रक्षा सचिव रेश्मिराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, वन तथा वातावरण मन्त्रालयका सचिव डा पे्रमनारायण कंँडेललगायतले नेपालको पर्यापर्यटन, हिमाली क्षेत्रको महत्व र सुरक्षाका विविध पक्षमा केन्द्रित रही धारणा राखेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस