दाङमा राष्ट्रिय वृक्षरोपण सप्ताह शुरु


दाङ  ।  डिभिजन वन कार्यालय दाङको आयोजनामा आज तुलसीपुर र घोराहीमा वृक्षरोपण गरी राष्ट्रिय वृक्षरोपण सप्ताह शुरु भएको छ ।    
    
 घोराहीस्थित मित्र सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरिएको करिव १० कठ्ठा जग्गा खाली गराइ यो वर्षको वृक्षरोपण अभियान थालिएको डिभिजन वन कार्यालय दाङका प्रमुख विजयराज सुवेदीले जानकारी दिनुभयो ।

सो सामुदायिक वनको अतिक्रमण हटाइएको क्षेत्रमा टिक, खयर, मसला, सिसौ, लहरे पिपल प्रजातिका ४ सय ५० बिरुवा रोपिएको छ । तुलसीपुरस्थित मेट्रो कलेजको जग्गामा पनि वृक्षरोपण गरिएको छ ।

त्यहाँ फलफूल तथा सौन्दर्य प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । वन कार्यालय दाङले यस वर्ष जिल्लाका विभिन्न स्थानमा तीन लाख बिरुवा रोप्ने कार्यक्रम रहेको जनाएको छ जसमा एक लाख जडिबुटी र दुइ लाख काष्ठ तथा बहुउद्येश्यीय प्रजातिका बिरुवा रहेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope