यात्रुवाहक बस दुर्घटना हुँदा २८ घाइते


दाङ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर-सल्यानखण्डको सिरखोलामा रुकुमबाट नेपालगञ्जतर्फ जाँदै गरेको रा १ ख २४३९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

तिनलाई अहिले उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भलक शर्माका अनुसार घाइतेलाई घटनास्थलबाट उद्धार गरी अस्पताल ल्याइएको छ ।

साँझ पौने ७ बजे दुर्घटनामा परेको बस सडकदेखि झण्डै ५० मिटर तल खसेको छ । सो स्थानमा घुम्ती रहेकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । गाडीमा करीब ३५÷३६ यात्रु भएको हुन सक्ने जनाइएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope