चार दुग्ध उद्योगमाथि कारबाही


धादिङ । जिल्लाका चार दुग्ध उद्योगमा अनुगमन गरी कारवाही समेत गरिइएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले संयुक्तरुपमा आज विभिन्न चार डेरीको अनुगमन गरी कारबाही गर्दा रु ४५ हजार राजस्व सङ्कलन समेत भएको छ ।    

अनुगमन टोलीले पशुपति डेरीलाई रु १० हजार, एन के डेरीलाई रु १५ महांकाल डेरीलाई रु १० हजार र खनाल डेरीलाई १५ हजार जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार ती उद्योगका उत्पादनस्थलमा म्याद गुज्रिएका सामग्री फेला परेको, उत्पादन तथा प्रशोधन स्थल फोहोर भएको, कामदारले कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पुरा नगरेको र उद्योग सञ्चालन भएको लामो समयसम्म पनि अनुमतिपत्र नलिएको भेटिएको थियो ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope