कृषकलाई ट्र्याक्टर हस्तान्तरण


चितवन । भरतपुर महानगरपालिकाले कृषकहरुलाई अनुदानमा ट्र्याक्टर वितरण गरेको छ । महानगरले कृषिको क्षेत्रमा आधुनिकीकरण र यान्त्रिकीकरणमा सहयोग पु¥याउन ५0 प्रतिशत अनुदानमा ट्र्याक्टर उपलब्ध गराएको हो ।

महानगरले सोमबार छ वटा ट्र्याक्टर र एउटा हाते ट्र्याक्टर किसानलाई वितरण गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले एक कार्यक्रमका बीच किसानहरुलाई सामग्री हस्तान्तरण गर्नु भएको हो ।    
    
महानगरमा परेका ४३ वटा आवेदनबाट छनोट गरेर १३ वटा फार्मलाई मागअनुसारको उपकरणमा सहयोग गरिएको हो । महानगर प्रमुख दाहालले महानगरपालिले कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो ।

कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरण र आधुनिकीकरणमा आफूहरुले जोड दिएको उल्लेख गर्दै दाहालले कृषिमा लागत घटाएर उत्पादन बढाउन निरन्तर खटिएको बताउनुभयो ।

महानगरमा पशुपालनमा पनि उच्च सम्भावना रहेकाले यो क्षेत्रमा लाग्ने किसानलाई हौसला प्रदान गर्न दूधमा प्रतिलिटर रु तीन अनुदान दिन थालिएको दाहालको भनाइ थियो ।    
    
कार्यक्रममा महानगर उपप्रमुख ठकुरीले किसानलाई कृषि पेशाबाटै सबल बनाउने उद्देश्यसहित कृषि उपकरण वितरण गरिएको बताउनुभयो । कृषि प्रधान देशमा किसानहरु निराश बनेको र युवा पलायन हुने स्थिति आएकाले अब युवालाई यही कृषि कर्ममा सरिक बनाउन आफूहरु लागेको उहाँको भनाइ थियो ।

प्रति ट्र्याक्टर रु १६ लाख ५२ हजार लागत मूल्य रहेको र महानगले रु आठ लाख अनुदान सहयोग गरेको महानगरको कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले बताउनुभयो ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope