वर्ष खेलाडी पुरुष र महिलालाई जनही दुई लाख पुरस्कार


कास्की । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही असार १८ गते पोखरामा हुने ‘पाँचौ संस्करणको पोखरा स्पोर्टस् अवार्ड’को तयारी पूरा भएको छ ।

मञ्चले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरेर रङ्गशालाको ब्याण्डमिन्टन हलबाट ‘सेमिभर्चुअल’ रुपमा अवार्ड वितरण समारोह आयोजना गरिने जनाएको छ ।

अघिल्लो वर्ष समेत कोरोना कारण सञ्चालन हुन नसकेको सो अवार्ड यसवर्ष विसं २०७६÷७७ दुई वर्षलाई जोडेर संयुक्त रुपमा प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी अवार्ड प्रदान मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।    

खेल क्षेत्रमा लागेका खेलाडी तथा प्रशिक्षक र खेल संघहरुको हौसला अभिवृद्धि तथा खेलकूदको विकासमा योगदान गर्ने उद्धेश्यले मञ्चले अवार्ड वितरण गर्दै आएको छ । विभिन्न सात विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ ।    

लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार छन् ।

लाइफटाइम अचिभमेन्ट अवार्डमा चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्ला छ भने वर्ष खेलाडी पुरुष र महिलालाई जनही रु दुई÷दुई लाख, सम्मानपत्र, ट्रफी र दोसल्ला प्रदान गरिने मञ्चका महासचिव विजय नेपालले जानकारी दिनुभयो ।    

उहाँका अनुसार वर्ष उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकार ९दुई जना० लाई जनही रु ३५ हजार, सम्मानपत्र, ट्रफी र दोसल्ला प्रदान गरिने मञ्चले जनाएको छ ।    

लाइफ टाइम अचिभमेन्ट अवार्ड पोखराको फुटबल खेल विकासमा योगदान पु¥याउनुभएका केशव रञ्जित ९आनन्द० र वर्ष उत्कृष्ट खेल संघ पुरस्कार जिल्ला आर्चरी संघलाई दिइने मञ्चले जनाएको छ ।   

यसैगरी वर्ष उत्कृष्ट पुरुष विधामा नवीन रसाइली ९कराते०, विनेश खनियाँ ९टेबलटेनिस० र सुमन अर्याल ९फुटबल० मनोनयनमा पर्नुभएको छ । वर्ष खेलाडी महिलामा जमुना थापा ९साइक्लिङ०, पार्वती गुरुङ ९तेक्वान्दो० र प्रशंसा क्षेत्री ९तेक्वान्दो० मनोनयनमा हुनुहुन्छ ।

उदीयमान तर्फ दुवाना लामा ९पौडी०, प्रदीप खड्का ९लनटेनिस० र विपीन खत्री ९क्रिकेट० तथा उत्कृष्ट प्रशिक्षकमा आनन्द कुँवर ९पौडी०, किरण श्रेष्ठ ९फुटबल० र सुरेश मल्ल ठकुरी ९बक्सिङ० मनोनयनमा हुनुहुन्छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope