वाम र प्रजातान्त्रिक शक्तिबीचको एकता र सहकार्यमा जोड


काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यले मुलुकका सबै वाम र प्रजातान्त्रिक शक्तिबीच एकता र सहकार्यमा जोड दिनुभएको छ । आजदेखि प्रारम्भ भएको आठौँ अधिवेशनको पहिलो बैठकमा उहाँहरुले संविधानमा भएका व्यवस्थाको रक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।    
सत्ता पक्षका नेता सुमनराज प्याकुरेलले राजनीतिक समस्याको समाधान जनप्रतिनिधिमूलक संस्थाबाट राजनीतिक रुपमै हुनुपर्नेमा जोड दिदै हरेक विषयलाई न्यायालयमा लैजाने प्रवृतिप्रति सचेत रहनुपर्ने धारणा व्यक्त गर्नुभयो । सरकारले ल्याएका विधेयक अत्यावश्यक भएकाले ल्याइएको उहाँको जिकिर थियो ।

राष्ट्रियसभामा नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले बेरोजगारी बढेको तथा शिक्षा, स्वास्थ्य, सामजिक, पर्यटन, कृषिलगायत अन्य क्षेत्रले पनि प्रभावकारी काम गर्न नसकेको टिप्पणी गर्दै कोभिड–१९ को रोकथाम तथा उपचार, बाढीपहिरो र डुबानबाट प्रभावितको उद्धार र राहत सम्बन्धमा आवश्यक कार्य गर्न आग्रह गर्नुभयो ।    

नेकपा (माओवादी केन्द्र) का दीनानाथ शर्माले संविधान जारी भएपछि सहमति र सहकार्यको संस्कृतिको अभ्यास पर्याप्त हुन नसकेकाले पनि अहिलेको संकट उत्पन्न भएको धारणा व्यक्त गर्नुभयो । उहाँले किसानलाई तत्काल रासायनिक मलको व्यवस्था गर्न र बाढीपहिरो पीडितको उद्धार तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।    

जनता समाजवादी पाटी नेपालका शेखरकुमार सिंह र प्रमिला कुमारीले बाढीपहिरो र डुबानमा परेका जनताको राहतका लागि प्रभावकारी काम गर्न सरकारसँग आग्रह गर्दै मुलुकका वर्तमान समस्या समाधानका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope