हुम्लामै प्रेस पास


सिमकोट । हुम्लाका सञ्चारमाध्याममा कार्यरत सञ्चारकर्मीले सूचना तथा प्रसारण विभागको प्रेस पास पाउन काठमाडौँ आउँदा–जाँदा खर्चनुपर्ने रु पचास हजारसम्मको रकम बचत भएको छ ।

जिल्लामै एकीकृत प्रेस शिविर सञ्चालन गर्न विभाग र प्रेस काउन्सिल नेपालसहितको टोली आएपछि पत्रकारले राहत महसुस गरेका हुन् ।    
विभागका निर्देशक भरत गौतमले तीनदिने शिविरका क्रममा जिल्लामा विभिन्न सञ्चारमाध्याममा आबद्ध ३३ सञ्चारकर्मी, दुई अनलाइन नयाँ दर्ता, एक अनलायनको नवीकरण भएको बताउनुभयो ।

दुई सञ्चारकर्मीले पत्रकारिता क्षेत्रमा काम गरेको आफ्नो अनुभव प्रमाणित गरेर पास लिएका छन् । निर्देशक गौतमले विकटमा काम गर्ने सञ्चारकर्मीको समस्यालाई ध्यानमा राखेर शिविर सञ्चालन गरेको जानकारी दिनुभयो ।    
सिमकोट टाईम्समा आबद्ध पत्रकार लोग भण्डारीले जिल्लामै सञ्चालन भएको शिविरबाट पहिलो पटक प्रेस पास लिन पाएकामा खुशी व्यक्त गर्नुभयो ।   

काउन्लिका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिताको सैद्धान्तिक ज्ञान र नीति नियमको कमी भएका बेला जिल्लाका सञ्चारकर्मीका लागि एकीकृत सञ्चार शिविर सञ्चालन गरिएको बताउनुभयो ।    

शिविरमा पत्रकारिताको ज्ञान, सीपदेखि पत्रकार आचारसंहिता, मिडिया कोषले उपलब्ध गराउने सुविधाका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा न्यूनतम् पारिश्रमिकका बारेमा पनि जानकारी दिइएको थियो ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope