विपन्न परिवारलाई राहत


काठमाडौँ । निषेधाज्ञाका कारण रोजगार गुमाएका विपन्न वर्गलाई लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए १ ले राहत वितरण गरेको छ ।

काठमाडौँ महानगरपालिका वडा नं. ८ जयवागेश्वरी क्षेत्रमा बसोवास गर्ने ३० विपन्न परिवारलाई चामल एक-एक बोरा, दाल, नुन, तेललगायत अत्यावश्यक सामग्री वितरण गरिएको क्लबका ‘जोन चेयरपर्सन’ तिलककुमार श्रेष्ठले जानकारी दिनुभयो ।    
    
 वडा कार्यालयको सिफारिसमा त्यस क्षेत्रमा बसोवास गर्ने विपन्न वर्गलाई राहत दिइएको हो । राहत सामग्री नेपाल हेल्प संस्थाको सहयोगमा प्राप्त भएको उहाँले बताउनुभयो ।

लायन्स क्लबको नयाँ आर्थिक वर्ष शुरु भएका अवसरमा प्रत्येक वर्ष जुलाई १ देखि ७ तारिखसम्म गरिने साप्ताहिक कार्यक्रम अन्तर्गत विपन्न वर्गलाई राहत वितरण गरिएको हो । यसै अवसरमा आज बिहान गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा वृक्षरोपण समेत गरिएको छ ।

कार्यक्रममा तेजपत्ता, कपूर, धूपी, अमलालगायत जातका १०० बिरुवा रोपिएको थियो । यसै अवसरमा शुक्रबार चोभारमा पनि वृक्षरोपणको कार्यक्रम राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यस अवसरमा असार २३ गते बौद्धमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope