तालिबानको आक्रमणप्रयास विफल, २० तालिबानी लडाकू मारिए


हेरात, अफगानिस्तान  । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको घोर्यान जिल्लामा तालिबानी समूहले गरेको आक्रमणलाई सरकारी फौजले विफल बनाएको छ ।    

प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा सैनिक कार्यवाहीमा २० जना तालिबानी लडाकूको ज्यान गएको र अरु कैयौं घाइते लडाकूहरु त्यहाँबाट भागेको उल्लेख छ ।  

बिहीबार बिहानै सयौं तालिबानी लडाकूहरुले घोर्यान जिल्लालाई चारै तर्फबाट घेरा हाली आक्रमण गरेका थिए । आक्रमणमा संलग्न २० जनाभन्दा बढी लडाकू घाइते भएको पनि विज्ञप्तिमा उल्लेख छ । सरकारी सेनाले हवाई सहायताबाट तालिबान समूहमाथि आक्रमण गरेको थियो ।    

सरकारी फौज तर्फ एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सेनाले घोर्यान जिल्लाको सदरमुकाम र आसपासका क्षेत्रमा सक्रिय तालिबानी समूहलाई लखेट्न थप कार्यवाही गर्ने तयारी गरेको छ ।    

अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले हाल ७० भन्दा बढी जिल्लालाई आफ्नो नियन्त्रणमा लिइसकेको बताइएको छ । तालिबान समूहले घोर्यान जिल्लाका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।    

अफगानिस्तानमा विगत २० वर्षदेखि रहेका अमेरिकी र नेटो आबद्ध सेनाले आगामी सेप्टेम्बर ११ अगाबै अफगानिस्तान छाड्ने भएपछि तालिबान समूहले सरकारी फौजमाथि आक्रामक नीति अपनाएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope