भासियो मस्र्याङ्दी नदीको झोलुङ्गे पुल


दमौली । केही दिनदेखि परेको अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल भासिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ जोड्ने झोलुङ्गे पुल बिहीबार राति आएको बाढीले भासिएको हो ।    
    
बाढीले तनहुँतर्फको पुलको भाग भासिएर नदीमा पुगेको छ । आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले दुई जिल्ला जोड्ने पुल भासिएपछि वारपार गर्न समस्या भएको जानकारी दिनुभयो । यही पुल हुँदै गोरखास्थित अकला मन्दिरमा भक्तजन आउने गर्दथे ।    
    
पुल भासिएको अनुगमनका लागि आँबुखैरेनीका जनप्रतिनिधिलगायत कर्मचारीको टोली त्यसतर्फ जान लागेको पोख्रेलले बताउनुभयो । तनहुँका प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले पनि पुलको अनुगमन गर्ने तयारी गरेको छ । पोखराबाट प्राविधिक टोली पनि आउने तयारीमा रहेको जानकारी पाएको पोख्रेलले बताउनुभयो ।    
    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope