अवरुद्ध डुम्रे–बेंसीशहर सडकखण्ड सञ्चालनमा


दमौली । पहिरोका कारण अवरुद्ध भएको तनहुँको डुम्रे–बेंसीशहर सडकखण्ड आजदेखि पुनः सञ्चालनमा आएको छ । निरन्तरको वर्षासँगै आएको पहिराको कारण बुधबार रातिदेखि अवरुद्ध भएको थियो ।    
     
भानु नगरपालिका–१ अधेंरीखोलामा आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका थिए । बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेर अवरुद्ध भएको थियो

। धेरै ठाउँमा पहिरो खसेकाले अवरोध हटाउन समय लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

“हिजो दिउँसो पहिरो हटाएर सडक चालु गराइए पनि बिहीबार राति फेरि पहिरो खसेको थियो,” उहाँले भन्नुभयो, “सबै पहिरो हटाएर सडकखण्ड चालु गराइएको छ ।”    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope