बन्दिपुरमा विद्युत् ,टेलिफोन,इन्टरनेट र खानेपानी अवरुद्ध


तनहुँ  । पर्यटकीयस्थल बन्दिपुरमा टेलिफोन, इन्टरनेट, विद्युत् र खानेपानी सेवा अवरुद्ध भएको छ । तीन दिनदेखि परेको अबिरल वर्षाले पहिरो जाँदा विद्युत्का पोल ढाल्नुका साथै खानेपानीका मुहान र पानी सङ्कलन ट््याङ्की समेत भत्काइदिएको थियो ।

बन्दिपुर गाउँपालिका क्षेत्रका अधिकांश खेत बगरमा परिणत भएको छ । गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले गाउँपालिका भित्र टेलिफोन,इन्टरनेट,विद्युत र खानेपानी अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको जानकारी दिनुभयो ।    
    
मुकुन्देश्वरी डाँडाबाट पहिरो खस्दा खानेपानीको मुहान तथा ट्याङ्की भत्काएर क्षति बनाएको उहाँले बताउनुभयो । करिब रु २० करोडको लागतमा सम्पन्न भएको छापनाहाला खानेपानी ट्याङ्की पूर्ण क्षति बनाउँदा डुम्रे बजारबासीले खानेपानीको समस्या भोग्नुपरेको छ । अविरल वर्षाका कारण बन्दिपुर–३ तामुङमा दुई जनाले ज्यान गुमाएका र तीन जना घाइते भएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope