खोलाले बगाएर वृद्ध बेपत्ता


दमौली ।  तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा कलेस्तीखोलाले बगाएर आज एक वृद्ध बेपत्ता भएका छन् । घर नजिकै रहेको खोला तर्ने क्रममा बगाएर ८० वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका हुन् ।    
    
खोलाले बगाएर बेपत्ता भएका वृद्ध नभेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताउनुभयो । ती वृद्धको खोजीकार्य भइरहेको उहाँले बताउनुभयो ।    
    
चुँदीखोलाको बाढीले १२ हजार कुखुरा बगायो    

    
जिल्लाको भानु नगरपालिका–४ मा चुँदीखोलाको बाढीले १२ हजार कुखुरा बगाएको छ । सोही ठाउँ बस्ने विनय कायस्थको नेवा कृषि तथा पशु फार्ममा रहेका कुखुरा बाढीले बगाएको हो ।    
    
आठ हजार ब्रोइलर कुखुराको चल्ला, चार हजार लोकल कुखुरा र २१ हजार माछा बगाएको प्रहरीले जनाएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope