बाँझो जमीन उपभोग गर्नेलाई अनुदान


चितवन । जिल्लामा रहेको बाँझो जमीन उपभोग गर्नेलाई अनुदान दिइने भएको छ । यहाँ रहेका दुई संस्था र एक जना व्यक्तिलाई बाँझो जमीन उपभोग गरेबापत अनुदान रकम उपलब्ध गराउन लागिएको हो ।    
    
माडी नगरपालिकामा रहेका बेरोजगार दलित युवा समूह, माडीकै खेतंीपाती कृषक समूह र खैरहनी नगरपालिकाका भोजराज खनालले बाँझो खेत उपयोग गरेबापत अनुदान पाउने भएका हुन् ।

माडीका दुई समूहले ४३० रोपनी र खनालले ८८ रोपनी बाँझो जमीनमा खेती गरेको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । उनीहरूलाई एक÷दुई दिनभित्रै रकम हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।    
    
उहाँका अनुसार सरकारले गत आर्थिक वर्षदेखि बाँझो जग्गामा खेती गर्ने कृषकलाई प्रोत्साहनस्वरूप प्रतिरोपनी रु दुई हजारका दरले अनुदान दिने नीति लिएको छ । सोही नीतिअनुसार अनुदान रकम वितरण गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँझो जमीनमा खेती गरेको प्रमाण अपुग भएका धेरै थिए प्रमाण पुगेकालाई अनुदान दिन लागेका हौँ ।”    
    
जिल्लामा अहिले खेतीयोग्य जमीन ४४ हजार हेक्टर रहेको छ । जसमध्ये पाँच हजार हेक्टर जमीन बाँझो रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बाँझो रहेको जमीनमध्ये व्यावसायिक खेती गर्न मिल्ने जमीन करिब ५०० हेक्टर रहेको छ ।

ढकालले भन्नुभयो, “बाँझो जमीनमध्ये कतिपय खोलामा परिणत भएका छन् भने कतिपय व्यावसायिक रुपमा खेती गर्न नसकिने रहेका छन् ।” बाँझो खेतको प्रयोगका लागि मन्त्रालयले कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope