बालिकामाथि सामूहिक बलात्कार गर्ने एक आरोपी पूूर्वपक्षका लागि जेल चलान


सप्तरी । सप्तरीमा बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले कारागार चलान गरेको छ ।    
    
 कारागार चलान हुनेमा सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २५ वर्षीय छोटु भनिने देवनारायण मण्डल रहेका छन् । १९ वर्षीया किशोरीलाई सामूहिक बलात्कारको आरोपमा मण्डल पक्राउ परेका थिए । जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको एकल इजलाशले उनलाई आज पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको हो ।    
    
 उक्त घटनामा यसअघि पक्राउ परेका रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २० वर्षीय मुन्ना मण्डल भनिने वेदप्रकाश मण्डल कारगारमा कैद छन् । जिल्ला अदालतले वेदप्रकाशलाई गत पुस १२ गते सात वर्ष कैद सजायको फैसला गरेको थियो ।

अन्य आरोपितमध्ये रुपनी गाउँपालका–६ वीरेन्द्र बजारका ३७ वर्षीय दिलिपकुमार खंग, २० वर्षीय पुकपुक भनिने सुमित मण्डल, २० वर्षीय विद्यानन्द सरदार, २८ वर्षीय आनन्द सरदार र २८ वर्षीय ओमप्रकाश मण्डल हालसम्म पक्राउ परेका छैनन् ।

    
 रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च माविमा ०७६ जेठ ४ गते साँझ कञ्चनरुप नगरपालिका–११ ठेलियाका साथीले बोलाएर गएकी पीडितलाई अकस्मात आएका आरोपितहरुले सामूहिक बलात्कार गरेको पीडितले बताउनुभएको छ । कक्षा ११ को परीक्षा दिन आफन्तको घर आएकी पीडितसँग कुराकानी गरिरहेका साथीलाई आरोपितहरुले कुटपिट गरी बलात्कार गरेको उहाँले बताउनुभयो ।

घटनालगत्तै ०७६ जेठ ५ गते पक्राउ परेका वेदप्रकाशको बयानका आधारमा अन्य आरोपितहरु पहिचान भएको थियो । आरोपित सात जनामध्ये फरार रहेका पाँच जनाको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope