पूर्वपश्चिम राजमार्ग खुला


चितवन । राप्ती नगरपालिकामा स्थानीयवासीले गरेको पूर्वपश्चिम राजमार्गको अवरोध खुला भएको छ । जिल्लाको राप्ती नगरपालिका– ३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयले निष्पक्ष छानविनको माग गर्र्दै राजमार्ग अवरुद्ध गरेका थिए ।    
    
बिहान १०ः१५ बजेदेखि अवरुद्ध सडक साँझ ६ः०० बजे खुलेको हो । स्थानीयवासीले शव ल्याउँदै गरेको एम्बुलेन्ससहित रोकेर राखेका थिए । नगरपालिकाका प्रमुख प्रभा बरालका अनुसार जनप्रतिनिधि, दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको उपस्थितिमा पीडित पक्षसँग सहमति गरी बाटो खुलाइएको छ ।

शव परीक्षण गरी सत्यतथ्य पत्ता लगाइ अपराधीलाई कडाभन्दा कडा कारवाही गर्ने, पोष्टमार्टम गर्दा परिवारका दुई जना, एक जना परिवारले भनेका विज्ञसहित गर्ने र नेपाल सरकारसँग राहतका लागि अनुरोध गर्ने सहमति भएको बरालले जानकारी दिनुभयो ।    
     
आइतबार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा भण्डारीको शव फेला परेको थियो । उनी यही असार ११ गतेदेखि हराइरहेकी थिइन् । बिहान ६ः०० बजे घरबाट हिँडेकी भण्डारी सोही दिनदेखि वेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ः०० बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।    
    
जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेकोे छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope