दुई हजारभन्दा बढीमा सङ्क्रमण


काठमाडौँ । पछिल्लो समय नेपालमा आज थप दुई हजार ६२२ मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ४९९ नमूनाको पिसीआर परीक्षण गर्दा एक हजार ७४५ र चार हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी दुई हजार ६२२ मा कोरोना सङ्क्रमण देखिएको हो ।    
    
हालसम्म छ लाख ११ हजार ४२९ कोभिड–१९ बाट मुक्तभई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २११ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

हाल देशभर रहेका २५ हजार ६९० सक्रिय सङ्क्रमितमध्ये २२ हजार ९९८ होम आइसोलेशनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेशनमा दुई हजार ६९२ रहेका छन् । तीमध्ये ५७१ जनाको आइसियू र १८० को भेन्टिलेटरमा उपचार भइरहेको छ । निको हुने दर ९४.६ रहेको छ ।    
    
काठमाडौँ उपत्यकामा ५६२ सङ्क्रमित    
    
पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये ५६२ काठमाडौं उपत्यकाका हुन् । सोमा काठमाडौँका ३७८, ललितपुरका १२४ र भक्तपुरका ६० जना छन् ।    
    
२३ सङ्क्रमितको मृत्यु    

    
पछिल्लो समय नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप २३ को मृत्यु भएको छ । योसँगै कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार २४८ पुगेको मन्त्रालयले जनाएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope