राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दुई वार्षिक प्रतिवेदन पेश गरिएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७६÷०७७’ सभासमक्ष पेश गर्नुभएको थियो ।
त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदनसभासमक्ष पेश गर्नुभयो ।
बैठकले राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा खिमलाल देवकोटालाई प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा र दृगनारायण पाण्डेयलाई राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मनोनयन गरेको छ ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाअन्तर्गतका विषयगत समितिमा उहाँहरुको नाम मनोनयनका लागि गर्नुभएको प्रस्तावमा बैठकले सर्वसम्मतिले सहमति जनाएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असार २३ गते दिउँसो १ बजे बस्नेछ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस