पुलमा पुगेको क्षति अध्ययनका लागि कार्यदल गठन


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीपहिराका कारण सडक पुलहरुमा पुगेको क्षतिका बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । सडक विभाग, पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाइएको मन्त्रालयले जनाएको छ ।

सो समितिलाई आगामी साउन ७ गतेभित्र सिफारिस पेश गर्न भनिएको छ । समितिले अविरल वर्षाका कारण निर्माण सम्पन्न भइसकेका र निर्माणाधीन पुलहरुमा भएको क्षतिको विश्लेषण गर्न भनिएको छ ।    
    
कार्यदलले आगामी दिनमा यस्ता क्षति न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायका विषयमा समेत प्रतिवेदन पेश गर्न भनिएको छ । अहिले भएका क्षतिसँगै आगामी दिनमा पुल निर्माण गर्दा अपनाउनुपर्ने सावधानीका विषयसमेत समेट्नुपर्ने मन्त्रालयले जनाएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope