४५१ छात्रछात्रालाई शैक्षिक सामग्री


भक्तपुर । नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र रहेका छ सामुदायिक विद्यालयका एक हजार ४५१ छात्रछात्रालाई स्कूल ब्याग, शैक्षिक सामग्री तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।

राष्ट्रिय अपाङ्ता पुनःस्थापना समाजका तर्फबाट आज मध्यपुरथिमि नगरपालिका बोडेस्थित बोडे माध्यामिक विद्यालय, नगदेशस्थित गणेश माध्यामिक विद्यालयमा पुगेर शैक्षिक सामग्रीसहित झोला छात्रछात्रालाई हस्तान्तरण गरिएको हो ।    
    
 निवर्तमान सांसद बस्नेतले बोडे माविका २६४, निलबाराही प्राविका ९३, हिमालय प्राविका ५४, गणेश माविका ६९५, आदर्श मावि सानोठिमीका ३२४ र आधारभूत प्राविका २१ जना विद्यार्थीलाई रु एक हजार ८३७ बराबरको झोलासहित शैक्षिक र स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

चाइना फाउण्डेन फर पोभिट्रि एलिभेसनको आर्थिक सहयोगमा समाजको संयोजनमा विद्यार्थीलाई शैक्षिक एवं स्वास्थ्य सामग्रीको व्यवस्थापन गरेको हो । पूर्वमन्त्री बस्नेतले सुगमताभित्र पछाडि परेको मध्यपुरथिमिको बोडे र नगदेशलाई भक्तपुर क्षेत्र नं २ भित्र पारेपछि अहिले विकासको मूल प्रवाह भएको बताउनुभयो ।    
    
 शहरी क्षेत्रका विद्यार्थीलाई केही चाहिँदैन भन्ने मानसिकता गलत हो भन्दै पूर्वमन्त्री बस्नेतले सरकारी र सामुदायिक विद्यालयमा आधारभूत वर्ग र मजदूरका बालबच्चा अध्ययन गर्ने भएकाले सहयोग आवश्यक रहने आँल्याउनुभयो ।

कार्यक्रममा बोडे माविका प्रधानाध्यापक जीवना शर्माले ल्यापटपको अभावले शिक्षकले अनलाइन कक्षा सञ्चालन गर्न नसकेको र कोभिडका कारण विद्यालयमा धरैै समस्या र चुनौती थुप्रिएको बताउनुभयो । कार्यक्रममा एमाले भक्तपुर अध्यक्ष वचन देउजा, समाजका कानूनी सल्लाहकार देवीराम उपाध्यायलगायतले कार्यक्रममा विद्यार्थीको शैक्षिक सुधारमा यस्ता कार्यक्रमले टेवा पुग्ने बताउनुभयो ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope