महालक्ष्मीले किसानलाई दियो २४ लाख


ललितपुर । महालक्ष्मी नगरपालिकाले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत यहाँका किसानलाई रु २२ लाख सहयोग गरेको छ । नगरपालिकालाई कृषिको माध्यमबाट अघि बढाउने योजनाबमोजिम आज महालक्ष्मीले सो मूल्य बराबरको रकम किसानलाई सहयोग गरेको हो ।

महालक्ष्मीलाई तरकारीका साथै पशुपालन व्यवसायमा आत्मनिर्भर बनाउँदै अघि बढ्न २१ कृषकलाई रु २२ लाख मूल्य बराबरको चेक हस्तान्तरण गरिएको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ कृषि फर्म दर्ता गरी तरकारीलगायत पशुपालन गरी बसेका वडा नं ८ लुभु र नं ९ लामाटारका किसानको व्यवसाय अभिवृद्धि गर्न सहयोग गरेका हाँै ।”

आगामी दिनमा पनि कृषि बीमा तथा प्रविधि हस्तान्तरण अनि बजारीकरण र व्यवसाय स्तरोन्नतिमा थप सहयोग गर्ने योजना बनाइरहेको श्रेष्ठले जानकारी गराउनुभयो ।    
    
 नगरपालिकामा विगत लामो समयदेखि सञ्चालनमा रहेको ‘प्रतीक एग्रो फरेष्ट प्रडक्सन’ नामक बोटबिरुवा उत्पादन गर्ने नर्सरीलाई अर्काे रु दुई लाख सहयोग गरेको कृषि शाखा अधिकृत टङ्क अधिकारीले बताउनुभयो । उ

हाँले भन्नुभयो, “यस नर्सरीले तरकारी फलफूललगायत वनजङ्गलमा लगाइने बिरुवासमेत उत्पादन र कारोवार गर्दै आएकाले आउँदा दिनमा अझ धेरै बिरुवा निकालोस् भन्ने मनसायका साथ सहयोग गरेका हाँै ।” महालक्ष्मीको लुभु र लामाटार दुई वडामा प्रर्याप्त खेतीयोग्य जमिन रहँदा त्यहाँका मेहनती किसानलाई आर्थिक सहयोग गरी हराभरा बनाउन लागि परेको अधिकारीको भनाइ छ ।    
    
 यसैगरी महालक्ष्मीले चालु आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाको तर्फबाट यस अघि रु ६० लाख १० हजार बराबरको प्लास्टिक टनेल, हाते ट्र्याक्टर, बीउबिजनलगायत थुप्रै बस्तु वितरण गर्नाका साथै प्रदेश सरकारबाट आएको अर्काे थप रु पाँच लाखको सोही तवरको सामग्री पटकपटक गरी हस्तान्तरण गरिसकेको अधिकारीले जानकारी गराउनुभयो ।    
    
 त्यसैगरी महालक्ष्मीले यही असार ११ गते ‘नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत नगरपालिकामा कृषि, पशुपालन, पर्यटन, सिलाइ–कटाइ, हस्तकला, शिक्षा, सूचना प्रविधि र खेलकूदजस्ता क्षेत्रमा उद्यम गर्दै आएका २५ व्यक्तिलाई उनीहरूको कामका मूल्याङ्कनका आधारमा रु ३५ लाख सहयोग गरेको थियो ।

महालक्ष्मीले केही दिनअघि आउँदो आव २०७८/०७९ का नीति तथा कार्यक्रममा नगरपालिकामा लक्षित वर्गको क्षमता विकास, रोजगारी र आयआर्जन अभिवृद्धि गर्न व्यावसायिक कृषि प्रवद्र्धन, व्यवसायीकरण, विविधिकरण, वैज्ञानिकरणका साथै बजारीकरण गर्न रु ७३ लाख विनियोजन गर्नाका साथै पशु विकास कार्यक्रम तर्फ रु ३२ लाख ५५ हजार र सार्वजनिक जग्गा संरक्षणमा रु ३० लाख विनियोजन गरेको कुरा सार्वजनिक गरिएको थियो ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope