नीति तथा योजना आयोग सदस्यमा अधिकारी


गण्डकी । गण्डकी प्रदेश नीति तथा योजना आयोगको सदस्यमा तनहुँ म्याग्देका डा सुवास अधिकारी नियुक्त हुनुभएको छ । अधिकारीलाई आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले सोमबार सपथ गराउनुभयो ।    
     
आयोगका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काको उपस्थितिमा उपाध्यक्ष काफ्लेले सपथ गराउनुभएको हो । सपथमा मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला, मन्त्रालयका सचिव लगायत सहभागी हुनुहुन्थ्यो ।    
    
अड्तीस वर्षीय अधिकारीले युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेजबाट वातावरण विज्ञानमा विद्यावारिधि गर्नुभएको छ । उहाँले भारतको बैङ्गलोर युनिभर्सिटीबाट माइक्रो बायोलोजीमा स्नातक गर्नुका साथै युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेजबाट एक्सिलेन्ट इन्टरनेसनल स्टुडेन्ट अवार्डसमेत प्राप्त गर्नुभएको छ ।

अधिकारीले जनप्रिय बहुमुखी क्याम्पस पोखराको माइक्रोबायोलोजी र बायोलोजी विभागमा प्रमुखको समेत जिम्मेवारी सम्हालिसक्नुभएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope