खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो


काठमाडौं । खाना पकाउने एलपी ग्यास सहित पेट्रोलियम पदार्थको मुल्य फेरि बढेको छ । नेपाल आयल निगमले मंगलबार साँझ एक सूचना प्रकाशित गरी आज राति १२ बजेदेखि लागू मुल्यवृद्धी भएको जानकारी दिएको हो ।

निगमले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य निरन्तर बढेकाले इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मुल्य सुचिअनुसार मुल्य समायोजन गरेको जनाएको छ ।

नयाँ कायम भएको मुल्य अनुसार ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढेकोे छ । अब ग्यासको खुद्रा मूल्य १ हजार चार सय २५ रुपैयाँ पुगेको छ । यस्तै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको निगमले जनाएको छ ।

पेट्रोल अब प्रतिलिटर १२९ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ११२ रुपैयाँ पुगेको छ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा पनि प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेर प्रतिलिटर ८४ रुपैयाँ पु¥याएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope