निर्वाचन आयोगले इजलासमार्फत जसपाको आधिकारिकता टुङ्ग्याउने


काठमाडौँ । सत्ता समीकरणका दौरानमा दुई धारमा विभाजित जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्रको विवाद थप चुलिँदै गएको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले नेतृत्व गरेको समूह र अर्का अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको समूहले निर्वाचन आयोगमा आधिकारिकतालाई लागि दिएको निवेदनमा केही समयअघि दुवै समूहलाई आधिकारिकता दिइएको थिएन ।    

पछि दुवै समूहले आधिकारिकता दावी गर्दै आयोगलाई थप ध्यानाकर्षण गराएका थिए । जसपाको विवाद निरुपण सन्दर्भमा आयोगले आज जसपाका यादव र ठाकुर दुवैसहितका नेतालाई बोलाएर छलफल गरेको छ । पार्टीको आधिकारिकता विवाद हल गर्न आयोगले बोलाएको संयुक्त बैठकमा दुवै पक्षका नेता विभाजित हुन सहमत भएका छन् ।

जसपाको आधिकारिकताबारे आयोग अब एक साताभित्र इजलास गठन गरी कानून व्यवसायीको परामर्श लिएर ठोस निष्कर्षमा पुग्ने छ ।    
 जसपाका नेता केशव झाका अनुसार आयोगले दुवै पक्षको धारणा लिएको र त्यसमा उहाँहरुले भिन्नभिन्न रुपमा पार्टीलाई अघि बढाउने अवधारणाका साथ धारणा व्यक्त गर्नुभएको छ ।

बैठकमा अध्यक्ष यादवले एउटै पार्टी दुई तरिकाले चल्न नसक्ने जनाउँदै अहिलेको अवस्थामा सँगै बस्ने स्थिति नभएकाले आगामी प्रक्रिया चाँडो टुङ्गो लगाइदिन आयोगलाई आग्रह गर्नुभएको थियो ।    

अर्का अध्यक्ष ठाकुरले पार्टी एकता आफूहरुको कार्यसूची भएको र परिवर्तनकारी शक्ति, उत्पीडित शक्तिका हितमा पार्टीलाई अघि बढाइने भए पनि त्यस किसिमको वातावरण नरहेको जनाउँदै आयोगले पार्टीको आधिकारिकताबारे चाँडो टुङ्गो दिनुपर्ने धारणा राख्नुभएको थियो ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope