माथिल्लो मनाङमा यातायात चालु


मनाङ । माथिल्लो मनाङमा यातायात सुचारु भएको छ । यही असारको पहिलो हप्ता आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो । बाढीपहिराले क्षति पुर्याएको सडक मर्मत गरिएपछि माथिल्लो मनाङमा यातायात सञ्चालनमा आएको ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्राबिधिक टोली सहितको अनुगमनपश्चात यातायात सञ्चालन भएको छ । मनाङ समाज र पूर्व सांसद पोल्देन छोपाङका सहयोगमा यातायात सञ्चालनमा ल्याइएको ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताउनुभयो । “ गाउँपालिकाभित्र मात्रै सवारी सञ्चालनमा ल्याइएको छ, सामान ढुवानी गर्न भने सहज भएको छ,” उहाँले भन्नुभयो ।

खाङ्सारसम्म सामग्री ल्याउन लैजान सहज भएको उहाँले बताउनुभयो ।  जिल्लोको तल्लो भागमा सडक सञ्जाल पूर्ण रुपमा अवरुद्ध भएको छ । माथिल्लो मनाङमा सडक सञ्जालमा कम क्षति भएकाले सवारी चलाउन लागिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । तल्लो भागमा भने सञ्चालन गर्न सक्ने अवस्था नरहेको लामिछानेले बताउनुभयो ।

“खाङ्सारदेखि माथिल्लो पिसाङसम्म आवतजावत गर्न मिल्छ भने त्यहाँबाट तल्लो भागमा सवारी चल्न सक्दैन,” उहाँले भन्नुभयो । भ्राताङको भीर भने बम ब्लाष्टिङ गरेर मात्रै बाटो बनाउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । “नेपाली सेनासँग सहकार्य गरी बम ब्लाष्टिङ गरेर सडक सञ्जाल निर्माण गर्नुपर्नेछ, बनाउने तयारी गरिरहेका छौं,” उहाँले भन्नुभयो ।

जिल्लामा सडक सञ्जाल सहज बनाउने प्रयासमा रहेपनि धेरै ठाउँमा निसान समेत मेटिएकाले सकस भएको छ । सदरमुकाम चामेसम्म पुग्ने अवस्था भने छैन । माथिल्लो पिसाङ र तल्लो पिसाङको पुल मस्र्याङ्दी नदीमा आएको बाढीले बगाएपछि विच्छेद भएको छ । लमजुङदेखि मनाङलाई सडक सञ्जालसँग जोड्नका लागि सडक डिभिजन प्राधिकरणले शुरुआत गरिसकेको छ ।

अहिले जिल्लाबाट अन्यत्र जान जङ्गलको बाटो भएर हिड्नुपर्ने अवस्था छ । जिल्लाको तल्लो भागका एक गाउँबाट अर्को गाउँ जानका लागि गोरेटो बाटो समेत छैन । मस्र्याङ्दी नदीमा बहाव केही कम भएपनि नदीले कटान भने रोकिएको छैन । यसले गर्दा केही गोरेटो बाटो बनाएपनि नदीले बगाएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope