एक महिनामै उप्कियो कालोपत्र


तनहुँ  । भानु नगरपालिका–१ स्थित डुम्रे भन्सार साना शहर विकास आयोजनाले बन्दीपुर–१ स्थित पिप्ले क्षेत्रमा गरेको कालोपत्र एक महिना नबित्दै उप्किएको छ । आयोजनाले बन्दीपुर गाउँपालिका–१ पिप्लेदेखि खेलमैदान हुँदै गुरुङटार जाने सडक मार्गमा गरेको कालोपत्र उप्किएको हो ।    
    
सङ्घीय सरकारको रु दुई करोड बजेटमा ठेकेदार कम्पनीले रु एक करोड २९ लाखमा सम्झौता गरी कालोपत्र तथा ढलान कार्य गरेको हो । कालोपत्र गर्ने समयमा राम्रोसँग गर्न भनी स्थानीयवासीले पटकपटक घच्घचाए पनि खासै चासो नदिँदा यो समस्या आएको गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले बताउनुभयो ।    
    
आयोजनाले ५०० मिटर ढलानपछि ९०० मिटर कालोपत्र गरिएको जनाएको छ । ढलान र कालोपत्रेको जडान राम्रोसँग सुक्न नपाउँदै पानी पसेर चर्किन जाँदा करीब एक मिटर कालोपत्र उप्किएको आयोजनाका प्रमुख सफल श्रेष्ठले जानकारी दिनुभयो ।

सुलभ इन्फा काठमाडौँले ठेक्काको उक्त कार्यको जिम्मा पाएको थियो । कालोपत्र उप्किएको जनगुनासा आएपछि तत्कालै प्राविधिक टोली पठाएर अनुगमन गरिएको छ । उहाँले भन्नुभयो, ‘’योजनाको कार्य सम्पन्न भैनसकेकाले ठेकेदारलाई पुनः कालोपत्रको लागि आग्रह गरिएको छ ।’‘    
    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope