भारतका चर्चित कलाकार दिलिपकुमारको निधन


मुम्बइ । भारतका चर्चित पुराना कलाकार दिलिपकुमारको बुधबार निधन भएको छ ।वियोगान्त पात्रको रुपमा अभिनय गर्ने अभिनेताका रुपमा परिचित दिलिपकुमारको ९८ बर्षको उमेरमा निधन भएको हो ।

मुम्बइमा रहेको पिएल हिन्दुजा अस्पतालमा उपचार भइरहेका बेला उहाँको निधन भएको उहाँको उपचारमा संलग्न डा जालील परकारले पुष्टि गर्नुभयो ।    
    
कलाकार दिलिपकुमारका प्रवक्ता फैसल फारुकीले पनि उहाँको निधन भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभयो । श्वासप्रस्वासमा समस्या भएपछि उहाँलाई केही दिन अगाडि अस्पताल भर्ना गरिएको थियो ।    
    
करिब ६ दशक भन्दा बढी समय चलचित्र जीवनमा उहाँले ६५ भन्दा बढी चलचित्रमा अभिनय गर्नु भएको छ । उहाँले सन् १९४४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गर्नु भएको थियो ।

उहाँको लोकप्रियता भने सन् १९४९ मा प्रदर्शनमा आएको चलचित्र अन्दाजबाट बढेको हो । उहाँले देवदास, नया दौर, मुग्ली ए आजम, गङ्गा जमुना, व्रन्ति र कर्मा जस्ता चर्चित हिन्दी चलचित्रमा अभिनय गर्नु भएको थियो ।    

उहाँकी पत्नी साएरा बानु पनि बलिउड अभिनेत्री हुनुहुन्छ । उहाँहरुका सन्तान भने छैनन । सन् १९२२ को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा जन्मिनु भएका दिलिपकुमारको सुरुको नाम भने युसुफ खान हो ।    

भारतीय र हिन्दी चलचित्र क्षेत्रमा प्रवेश गर्ने क्रममा उहाँले आफ्नो नाम पनि परिवर्तन गरेर दिलिपकुमार राख्नु भएको हो । यस्तो अभ्यास अन्य कलाकारहरुले पनि गरेकाले उहाँले पनि त्यही गर्नु भएको बताइन्छ ।    

उहाँको निधनप्रति कलाकार तथा राजनीतिज्ञलगायत धेरैले दुःख व्यक्त गरेका छन् । धेरैले उहाँलाई भारतीय चलचित्रले स्थापित गरेका सर्वश्रेष्ठ अभिनेताको संज्ञा पनि दिएका छन् ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope