चोयाको सामग्री बनाउनेलाई सहयोग


फुङ्लिङ  । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्थानीय सीपको सम्मान गर्दै चार जनालाई आर्थिक सहयोग गरेको छ । चोयाबाट विभिन्न सामग्री निर्माण गर्ने सीप भएका सिरिजङ्घा–४ तेल्लोकका चारजनालाई सीपको सम्मान गर्दै आर्थिक सहयोग गरिएको हो ।    
    
गाउँपालिकाले ‘गाउँमै रोजगार, गर्वको आधार’ कार्यक्रममार्फत स्थानीयवासीलाई सीपको सम्मानका साथै प्रोत्साहित गर्न अनुदान सहयोग गरेको जनाएको छ । वृद्ध अवस्थाका चारजनालाई जनही रु ४० हजारका दरले अनुदान सहयोग उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहयोग पाउनेमा तेल्लोकका ८१ वर्षीय श्रीमान गुरुङ, ७१ वर्षीय मनप्रसाद गुरुङ, ६६ वर्षीय खड्गबहादुर गुरुङ र ६० वर्षीय पेम्बा शेर्पा हुनुहुन्छ । उहाँहरुले बाँस तथा मालिङ्गोको चोयाबाट डोको, ढाकी, घुम, खरेटो, बिनायोजस्ता सामग्री निर्माण गरेबापत गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गरेको जनाएको छ ।    
    
स्थानीय सीप र सामग्रीको प्रयोग बढाउन तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने योजनाअनुसार ‘गाउँमै रोजगार, गर्वको आधार’ नामक कार्यक्रममार्फत सहयोग गरेको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताउनुभयो । सहयोग पाउने गुरुङत्रय र शेर्पाले निर्माण गर्नुभएको चोयाको सामग्रीको नमूना गाउँपालिका कार्यालयमा बुझाउनुभएको थियो ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope