तनहुँमा १७८ घरपरिवार उच्च जोखिममा


तनहुँ । गत बुधबारदेखि परेको अविरल वर्षापछि तनहुँका विभिन्न क्षेत्रमा १७८ घरपरिवार उच्च जोखिममा रहेका छन् । घर जोखिममा रहेपछि आमा समूह, विद्यालय, छिमेकी र आफन्तजनकोमा शरण लिन बाध्य भएका छन् ।

बन्दिपुर गाउँपालिकामा मात्रै १३२ र ऋषिङ गाउँपालिकामा ४६ गरी उक्त सङ्ख्याका घरपरिवार विस्थापित भएका छन् । उक्त गाउँपालिकाको वडा नं २ स्थित खहरे खोलाले पाँच घर बगाएको छ । त्यसैगरी धारापानी, रामकोट र कल्चोकमा गरी उक्त सङ्ख्याका घरपरिवार विस्थापित भएका हुन् ।    
    
घटना भएको जानकारी पाएसँगै उपाध्यक्ष करुणा गुरुङको नेतृत्वमा बाढी पहिराबाट प्रभावितलाई भेटघाट गरी सुरक्षित स्थानमा स्थानान्तरणको लागि पहल गरिएको छ । जोखिममा रहेका घरमा नबस्न र सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको उपाध्यक्ष गुरुङले बताउनुभयो ।

त्यसैगरी बन्दिपुर गाउँपालिका–१ स्थित कौसिनी छाप ठाडो खहरे खोलाले आसपास क्षेत्रका ६० घर परिवार पहिराको कारण उच्च जोखिममा रहेको वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिनुभयो ।     
    
सुरक्षित स्थानमा एकीकृत बस्ती विकास गरी स्थानान्तरणको लागि पहल गरिदिन स्थानीय नरबहादुर चेपाङले आग्रह गरेको उहाँले बताउनुभयो । त्यसैगरी ऋषिङ गाउँपालिका–५ मा १२ घर परिवार विस्थापित हुने अवस्थामा रहेका छन् ।

नेत्रबहादुर पाटा, धनबहादुर सोती, सुकबहादुर दरै लगायतका करिब ४६ घर परिवार उच्च जोखिममा रहेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । उहाँका अनुसार ६ घरमा पूर्ण र ४० घरमा आंशिक क्षति भएको छ ।    
    
ऋषिङ जाने सडक तथा मार्गहरु अवरुद्ध भएकाले उद्दार गर्न नसकिएको उहाँले बताउनुभयो । अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको छ । पहिराका कारण भित्र्याउने समयको मकै खेती र धानबालीमा पूर्ण क्षति भएको छ । तनहुँमा बिहीबार र केही अघि अविरल वर्षापछि गएको पहिरामा परी तीन जनाको मृत्यु एक बेपत्ता भएका छन् ।

बन्दिपुर गाउँपालिका–३ तामुङमा एक महिला एक पुरुषको मृत्यु भएको थियो भने ऋषिङ गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । एक पुरुष अझै वेपत्ता भएका छन् ।    
    
बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिराले पुरिएर तनहुँमा एक जना बेपत्ता भएका छन् । यसरी पुरिएर बेपत्ता हुनेमा ऋषिङ गाउँपालिका कार्यालयका सुरक्षा गार्ड रहेका छन् ।

ऋषिङ गाउँपालिका–८ निवासी वर्ष ३८ का खुमबहादुर थापा पहिरामा परी बेपत्ता भएका हुन् । घरमाथिबाट आएको पहिराले गोठ पुर्दा थापा बेपत्ता भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । डोजर लगाएर उहाँको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope