महिलालाई कम्बोडिया पुर्याएर बिक्री


काठमाडौँ । फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पु¥याएर बिक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्शन तथा व्यापारको काममा रु एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले आरोप लगाएको छ ।    
     
उनले पीडितसँग रु चार लाख ५० हजार लिई काठमाडौँबाट काँकडभिट्टाबाट भारतको आसाम, नागाल्याण्ड, ग्वाटी हुँदै मनिपुर पु¥याएका थिए । त्यसपछि पैदलै म्यान्माको नाकाबाट थाइल्याण्ड प्रवेश गराई कम्बोडिया पु¥याएको खुल्न आएको प्रहरीको मानव बेखबिखन ब्यूरोले जनाएको छ ।    
    
उनीहरुले चिनियाँ नागरिकलाई खाना पकाउने र घर सफा गर्ने भनी झुक्याएर यौन शोषण गर्ने गरी बेचबिखन गरेको भन्ने पीडितको जाहेरीका आधारमा ब्यूरोले फरार रहेका उनलाई पक्राउ गरेको हो ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसारको मुद्दामा अनसुन्धान भइरहेको प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिनुभयो ।    
  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope