टिपरले पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु


कास्की । पोखरामा सवारी दुर्घटनामा परी एकको निधन भएको छ । पोखरा महानगरपालिका–५ गणतन्त्र चोकमा ग १ ख ९७०३ नम्बरको टिपरले पैदलयात्री स्याङ्जा बिरुवा गाउँपालिका–४ घर भई हाल पोखरा–१७ बिरौटा बस्ने ४० वर्षीया रीता केसीलाई बिहीबार ठक्कर दिएको थियो ।    
    
टिपरको ठक्करपछि गम्भीर घाइते केसीलाई उपचारका लागि अस्पताल लगिएकामा उपचारका क्रममा आज मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक श्रवणुकमार विकले जानकारी दिनुभयो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope