वर्षामापन र जल सतह मापनकर्तालाई व्यक्तिगत सुरक्षा सामग्री वितरण


कञ्चनपुर । मनसुनजन्य विपद्को पूर्वतयारीका लागि कञ्चनपुरका वर्षा मापन अवलोकनकर्ता र जल सतह मापनकर्तालाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले सञ्चालन गरेको एमरेड परियोजनाको सहयोगमा ३४ जना वर्षा मापन र जल सतह मापनकर्तालाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको हो ।    
    
रेडक्रसका जिल्ला सभापति टेकराज उप्रेती र महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख गोविन्द झाले संयुक्तरूपमा व्यक्तिगत सुरक्षा सामग्रीका रूपमा हाते टर्च, गमबुट, हेड टर्च, छाता वितरण गर्नुभएको हो । व्यक्तिगत सुरक्षा सामग्रीसँगै वर्षा मापन र जल सतह मापनकर्तालाई रु एक हजारको रिचार्ज कार्डसमेत उपलब्ध गराइएको छ ।

मनसुनजन्य विपद्का बेला नदीको बहावको अवस्था र वर्षाबारे जिल्ला आपत्कालीन केन्द्रमा सूचना प्रवाह गर्नका लागि सहज होस् भनेर रिचार्ज कार्ड उपलब्ध गराइएको परियोजनाका संयोजक महेश घिमिरेले बताउनुभयो ।    
    
उहाँका अनुसार सम्भावित जोखिमबाट जोगाउनका लागि वर्षा मापन र जल सतह मापनकर्ताका लागि बीमासमेत गरिएको छ । एशियन लाइफ इन्स्योरेन्ससँगको साझेदारीमा परियोजनाअन्तर्गत ३४ जनाको रु तीन लाखको दुर्घटना बीमा गरिएको छ ।

पूर्वसूचना प्रणाली विकासका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डिओसी)को समन्वयमा बाढी पूर्वतयारीका लागि नदी तथा वर्षा मापनकर्ताको फोन नम्बर (मोबाइल नम्बर) पुनरावलोकन गर्ने कार्यसमेत सम्पन्न गरिएको छ ।    
    
मछेली नदीको उद्गमस्थान गोदावरी कोल्मोडा सत्यासमा नदी मापक टेलिमेट्रिक रडार सिस्टम जडान गर्ने कार्यलाई समेत अगाडि बढाइएको छ । मछेली नदीको सतहको अवस्था थाहा पाउन दुई ठाउँमा डिस्प्ले बोर्ड राख्ने योजनाअनुरूप काम भइरहेको परियोजनाका संयोजक घिमिरेले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope