कांग्रेसको संस्थापन इतर पक्षमा सभापतिको साझा उम्मेदवार बनाउने प्रयत्न


काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन मिति नजिकिएसँगै नेताहरुबीच भावी नेतृत्वका लागि कसरत तीव्र भएको छ । सोही क्रममा आज यहाँ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा छलफल गर्नुभएको छ ।    
    
बैठकमा राष्ट्रिय राजनीति र कांग्रेसको भूमिकालगायत विषयमा छलफल भएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।

सकेसम्म समग्र पार्टीमा एकताको प्रयास गर्ने नभए कम्तीमा पनि आफूहरुबीच एकताका साथ अघि बढ्नुपर्ने प्रस्तावमा छलफल भएको र उक्त छलफललाई निरन्तरता दिने सहमति भएको उहाँले बताउनुभयो ।    
    
बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरु केसी, डा रामशरण महत, सुजाता कोइराला, डा शेखर कोइराला, बलबहादुर केसी सहभागी हुनुहुन्थ्यो ।

उहाँहरुमध्ये नेताहरु केसीद्वय र डा महत बाहेक सबैले सभापतिमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ भने सहमति हुन नसके अन्य नेताहरुले पनि सभनपतिमा उम्मेदवारी दिने बताउँदै आउनुभएको छ ।    
    
कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।    
    
यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope