खोलाले बगाएका नेपाली मृत फेला


तनहुँ । खोला तर्ने क्रममा बिहीबार बगाएर बेपत्ता भएका तनहुँका मैते नेपाली आज बिहान मृत फेला परेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्ती नजिकको खहरेखोला तर्ने क्रममा स्थानीयवासी ४५ वर्षीय नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो ।    
    
बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण वारको पार भएको खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएपछि खोजतलास गरिए पनि भेट्टाउन सकिएको थिएन ।

आज बिहानदेखि नै नेपाल प्रहरी र स्थानीयबासीको सक्रियतामा खोजी गर्दै जाँदा बगाएको स्थानबाट करिब एक किलोमिटर दूरीमा शव फेला परेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope