गोदावरी नगरपालिकाका पाँच स्थानमा ५०० गुर्जो रोपण


देशव्यापी गुर्जो रोपणको अभियान चलाउनुभएका अभियानकर्मी कमलबहादुर राजलवटको नेतृत्वमा ललितपुरका पाँच स्थानमा ५०० बोट गुर्जो रोपण गरिएको छ । गोदावरी नगरपालिका–१ गोदामचौर, २ को विशङ्खुनारायण, ४ को बडीखेल, ९ को छम्पी र वडा नं १४ को ठैब क्षेत्रमा १००÷१०० गरी ५०० बिरुवा शनिबार रोपिएको हो ।

गोदावरी सरोकार समाजको सक्रियतामा नगरपालिकाका पाँच स्थानमा गुर्जो रोपिएको अभियानकर्मी राजलवटले राससलाई जानकारी दिनुभयो । कार्यक्रममा पूर्वसहसचिव एवं योग शिक्षक किशोरकुमार जोशी, अभियानकर्मी राजलवट र समाजका अध्यक्ष बेबी राजभण्डारीले औषधीय गुणले युक्त वनस्पति गुर्जोका बारेमा स्थानीयवासीलाई जानकारी गराउनुभएको थियो । मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने गुर्जोबाट बनेका परिकारको नियमितरूपमा मात्रा मिलाएर सेवन गरेमा कोरोनाजस्ता भाइरसले आक्रमण नगर्ने जनाइएको छ ।

कार्यक्रममा गुर्जोबाट बनेको चिया र धुलो औषधिको प्याकेट वितरण गरिनुका साथै तयारी चियासमेत सेवन गराइएको जनाइएको छ । उच्च रक्तचाप, मधुमेह, कब्जियतलगायत रोगका लागि फाइदा गर्ने गुर्जो गर्भवती र पाँच वर्षमुनिका बालबालिकाले भने खान नहुने आयुर्वेद चिकित्सकको भनाइ छ । न्यून रक्तचाप भएकाले भने बिरेनुन वा नुन मिलाएर खान सकिने अभियानकर्मी राजलवट बताउनुहुन्छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope