सडेको अवस्थामा शव फेला


गत जेठ २० गते हत्या गरी बेपत्ता पारिएकी महोत्तरीको लोहारपट्टी नगरपालिका– ७ भ्रमपुरा गाउँ बस्ने २६ वर्षीया सुजिता ठाकुरको शव आज बिहान प्रहरीले आधा सडेका अवस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सुजिताको शव भ्रमरपुरा–जनकपुर सडकखण्डमा भ्रमरपुरा गाउँभन्दा एक किलोमिटर पूर्वमा अवस्थित पेट्रोलपम्पको शौचायलको ट्याङ्कीसँगै १३ फिट गहिरो खाल्डोमा फेला परेको हो ।

सडक सतहदेखि नौ फिट गहिरोमा पेट्रोलपम्पको शौचालय रहेको र शौचालयसँगै टाँसिएर रहेको सुजीताका ससुरा पतिराम ठाकुरको खेतमा खाल्डो खनी शव राखेर माथिबाट ढुङ्गा, बालुवा र सिमेन्टले पक्की ढलान गरेको अवस्थामा प्रहरीले सुजिताको शव बिहान १० बजे फेला पारेको हो । देवर रुपेश, ससुरा पतीराम, पति मुकेशसहित छ व्यक्तिले मिलेर सुजिताको हत्या गरी घरदेखि दुई किलोमिटर मनरहिया वनमा अवस्थित आफ्नै खेतमा पाँच फिट खाल्डो खनी गाडेको बताइएको छ ।

घटनाबारे टोल छिमेकबाट सुइँको पाएर माइती पक्षले प्रहरी, मानव अधिकारकर्मी, अधिकारवादी, प्रदेश सरकारका गृहमन्त्री र मधेश आयोगलगायतबाट सहयोग पाएर उनको शव गाडिएको स्थानमा यही असार १३ गते उत्खनन गर्दा प्रहरीले त्यहाँबाट कपाल, रगत, नुन, मलखाद, डोरी र तन्ना बरामद गरेपछि घटना थप रहस्यमय बनेको थियो । शवको अवशेष प्राप्त भएकै दिन प्रहरीले घटनामा संलग्न रहेका आरोपमा उनका देवर रुपेश र पति मुकेशलाई नियन्त्रणमा लिएको थियो । संलग्न व्यक्तिको केरकारपछि आज एक महिना आठ दिनपछि सुजिताको शव फेला पार्न सफल भएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope