हुन सकेन विश्वविद्यालय सभा


कृषि र वनको अध्ययन, अनुसन्धान र प्रसार गर्ने मुख्य उद्देश्यसाथ ११ वर्ष अघि स्थापना भएको यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयको यस आर्थिक वर्षमा विश्वविद्यालय सभा हुन सकेन । नीतिगत नयाँ निर्णयसँगै बजेट अनुमोदन गर्नुपर्ने महत्वपूर्ण मानिने विश्वविद्यालय सभा नहुनुलाई अर्थपूर्ण रुपमा लिने गरिन्छ । राजनीतिक खिचातानीका कारण अस्तव्यस्त बन्दै गएको विश्वविद्यालयमा लामो समयको रिक्तता पछि गत वर्ष उपकुलपति, रजिष्ट्रार, डिन र निर्देशकको नियुक्त भए पनि आन्तरिक खिचातानीका कारण सहमति हुन नसकेपछि वर्षभर नै विश्वविद्यालय सभा नभइ बितेको हो । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शारदा थपलियाले सभा हुन नसकेपछि कार्यकारीको बैठकबाट अनुमोदन गरेर खर्च गरिएको बताउनुभयो ।

गएको वैशाख २७ गते विश्वविद्यालय सभाको मिति तय भए पनि सरेको भन्दै उहाँले त्यसपछि हालसम्म हुन नसकेको बताउनुभयो । कोरोना बढेर निषेधाज्ञा भएकाले पनि सभा हुन नसकेको उहाँको भनाइ छ । विश्वविद्यालय स्थापनापछि सभा हुन नसकेको यो पहिलो भएको भन्दै उहाँले सभाले अघिल्लो वर्षको खर्च अनुमोदन र आउदो वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गर्ने बताउनुभयो ।

विश्वविद्यालयमा वार्षिक बजेट रु ६९ करोडको हाराहारीमा हुने गर्दछ । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्य रेग्मीपछि सभाले स्वीकृत गर्ने गरी कार्यकारीले निर्णय गरेर बजेट खर्च गरिएको बताउनुहुन्छ । विश्वविद्यालय सभाको मुख्य जिम्मेवारी रजिष्ट्रारको हुने भए पनि उहाँको स्वास्थ्य र पारिवारिक कारणले केही समय रोकिएकोमा पछि कुलपतिको समय मिलाउन नसक्दा सभा हुन नसकेको रेग्मीको भनाइ छ । आउदो साउनमा सभा गरेर दुई वर्षको बजेट तथा कार्यक्रम एकै पटक स्वीकृत गर्ने उहाँले जानकारी दिनुभयो । यस विश्वविद्यालयको सभामा २५ जना सदस्य रहेका छन् ।

उपकुलपति र रजिष्ट्रारबीचको आन्तरिक टकरावका कारण समयमा सभा हुन नसकेको विश्वविद्यालयका अन्य पदाधिकारीको भनाइ छ । विश्वविद्यालयभित्रको राजनीतिक गुटबन्दी र व्यक्तिगत स्वार्थका कारण सभा हुन नसकेको वन विज्ञान सङ्कायका डिन प्रा डा बलराम भट्ट बताउनुहुन्छ । विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरे वर्षभर नै सभा हुन नसक्नु लाजमर्दाे विषय भएको भन्दै सरकारले यस विश्वविद्यालयप्रति समयमै ध्यान दिन नसकेमा ठूलो नोक्सान हुनसक्ने बताउनुहुन्छ


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope