दक्षिण कोरियाली राष्ट्रपति मूनप्रति जनविश्वास बढ्दो


दक्षिण कोरियाली राष्ट्रपति मून जाइ–इन प्रतिको जनविश्वास गत हप्ताको तुलनामा ३.१ अङ्कले वृद्धि भई ४१.१ प्रतिशत पुगेको साप्ताहिक मूल्याङ्कन विवरणले देखाएको छ । मार्चपछि १८ हप्तामा उहाँप्रतिको समर्थनमा पहिलोपटक ४० प्रतिशतभन्दा माथि पुगेको हो ‘रियलमिटर’ सर्वेक्षण रिपोर्टले देखाएको छ ।

राष्ट्रपति मूनको आचरणको नकारात्मक मूल्याङ्कन पहिलेको हप्ताको तुलनामा गत हप्ता ३.२ प्रतिशत अङ्कले घटेर ५४.९ प्रतिशतमा झरेको छ । मूनको डिमोक्र््याटिक पार्टीप्रतिको समर्थन गत हप्ता ३.३ प्रतिशतले वृद्धि भई ३२.९ प्रतिशत पुगेको छ ।

दक्षिण कोरियाको मुख्य प्रतिपक्षी दल, पिपल्स पावर पार्टीलाई गत हप्ता ३७.१ प्रतिशत समर्थन मिलेको छ । यो अघिल्लो हप्ताको तुलनामा ०.६ प्रतिशतले बढी हो । अर्को दल ओपन डिमोक्र््याटिक पार्टीप्रतिलाई सात प्रतिशत मात्र समर्थन मिलेको छ भने पिपल्स पार्टीलाई छ र जस्टिस पार्टीलाई ३.५ प्रतिशत समर्थन कायम भएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope