बाढी प्रभावितलाई यूएई, कुवेत र दक्षिण कोरियामा बस्ने नेपालीको सहयोग


२८ असार

सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज–कुवेतले बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरेका छन् । यसअघि नै मृतकका परिवार र शैक्षिक संस्थालाई सहयोग गरिएको स्थानीय संयोजक कुमारप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

पूर्ण प्रभावितलाई वडा कार्यालयबाट प्राप्त विवरणअनुसार सहयोग शुरु गरिएको कुवेत संयोजक हरिकृष्ण न्यौपानेले जानकारी दिनुभयो । वडा नं १ का २३, वडा नं २ का ४३, वडा नं ३ का २६ र वडा नं ६ का नौ परिवारलाई रु पाँच÷पाँच हजारका दरले सहयोग शुरु गरिएको हो ।

आर्थिक सहायता प्रदान गर्न सिन्धुपाल्चोक समाज दक्षिण कोरियाबाट रु पाँच लाख ४० हजार, सिन्धुपाल्चोक सेवा समाज–दुवईबाट रु एक लाख २६ हजार र सिन्धुपाल्चोक सेवा समाज–कुवेतबाट रु दुई लाख ४० हजार सङ्कलन भएको यूएईका सचिव हरि दुलालले जानकारी दिनुभयो । वडा नं १ का प्रभावितलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ भने वडा नं २ का प्रभावितलाई प्रदान गर्नका लागि वडाध्यक्ष छिरिङग्याल्बु लामालाई रकम हस्तान्तरण गरिएको छ । वडा नं ३ का प्रभावितका लागि प्रदान गर्न वडासदस्य दमैसिं तामाङलाई रकम हस्तान्तरण गरिएको छ । इस्ट पोइन्ट एकेडेमीका प्रधानाध्यापक दामोदर भारतीलाई शनिबार नै सहयोग रकम हस्तान्तरण गरिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope