नाइट्राजेपाम नाइट्राभेट बरामद

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका ४५ वर्षीय ललन गिरी रहेका प्रहरीले जनाएको छ ।
उनको साथबाट तीन हजार ट्याब्लेट नाइट्राभेट, २०० एम्पुल ब्रुप्रेनोर्फिन, २०० एम्पुल डाइजेपाम र २०० एम्पुल फेनारगन बरामद गरिएको छ । काठमाडौंँ आउँदै गरेको बा४ख ३२९५ नम्बरको बसलाई लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित गिरीलाई फेला पारेको हो ।
यसैबीच काठमाडौँ आउँदै गरेको प्रदेश ०३–००१ ख ००८७ नम्बरको बसबाट एक हजार ५०० ट्याब्लेट लागुऔषध नाइट्राजेपाम नाइट्राभेट बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त बसको ¥याकमा बेवारिसे अवस्थामा झोलाभित्र रहेको लागुऔषध प्रहरीले बरामद गरेको हो । झोलाबाट एक थान मोबाइल र एक थान भारतीय नम्बरको सिमकार्डसमेत बरामद गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस