शिष्टाचार भेट


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलिसिटी वोल्कले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा उहाँले नेपालको विकास र समृद्धिका लागि अष्ट्रेलियाले पु¥याउँदै आएको सहयोग तथा सद्भावप्रति कृतज्ञता प्रकट गर्नुभयो ।

नवनियुक्त राजदूत वोल्कलाई स्वागत गर्दै अध्यक्ष दाहालले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो र मैत्रीपूर्ण रहेको उल्लेख गर्नुभयो । सो अवसरमा अध्यक्ष दाहालले राजदूत वोल्कको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उक्त भेटवार्ता राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने जनाउँदै आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा पनि गर्नुभयो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope