एघार महिनामा एक हजारले गरे गर्भपतन


डोटीजिल्लामा एघार महिनाको अवधीमा एक हजार सात जनाले गर्भपतन गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७÷७८ को जेठसम्ममा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको उक्त सङ्ख्या पुगेको छ । कार्यालयको तथ्याङ्क जिल्लामा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएसँगै गर्भपतन गराउनेको सङ्ख्या निकै बढ्दै गएको पाइएको छ ।

जिल्लामा जम्मा १६ स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा दिने गरिएकामा अहिले १४ मा मात्रै उक्त सेवा रहेकोे स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवबहादुर ठगुन्नाले जानकारी दिनुभयो । सदरमुकामा चाप एवं स्वास्थ संस्था बढी भएको हुँदा दिपायल सिलगढी नगरपालिकामा २४५ र सबैभन्दा कम बोगटान फुड्सिल गाउँपालिकामा पाँच जनाले सुरक्षित गर्भपतन गराएका छन् ।

यसैगरी आदर्श गाउँपालिकामा १६९, केआइसिंह गाउँपालिकामा १६२, शिखर नगरपालिकामा १२९ र जोरायल गाउँपालिकामा १२० महिलाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै सायल गाउँपालिकामा ७८, पूर्वीचौकी गाउँपालिकामा ६९ र बडिकेदार गाउँपालिकामा ३० ले सुरक्षित गर्भपतन गराएको जनाइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope