घर घरमा पानी उपलब्ध गराउनु पर्ने सांसद बरालको माग


गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल जीवनले पोखरा २५ लाम्पाटाको घर घरमा पिउने पानी उपलब्ध गराउनु पर्ने माग गरेका छन्। सुनौलो टोल विकास संस्थाले विहिबार साँझ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै सांसद बरालले अव्यबस्थित बसोबास रहेको लाम्पाटामा पिउने पानी उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन्।

उनले भने “ सुकुम्बासी बस्तीहरुमा त पिउने पानीको प्रायः सबै क्षेत्रमा पहुच पुगेको छ भने तपाईहरुले त केही न केही रकम तिरेर बसोबास गर्दै आउनु भएको छ, तपाईहरुले पनि अब बसाईसराई ल्याउनु पर्छ त्यस पछि पानी उपलब्ध गराउन हामीले पहल गछौं । ” पोखरा महानगरपालिका वडा २५ को वडा कार्यालयले पनि उनीहरुलाई उक्त क्षेत्रमा बसोबास गरेको आधारमा बसाई अवधि खुल्ने पत्र दिनुपर्ने सांसद बरालको भनाई थियो । उनले भने “निर्वाचनका वेला पुरानो घर खोज्दै जाने तर २०—२५ बर्ष देखि यहाँ बस्ने अब तपाईहरुले यहीको बासिन्दा हुनु पर्छ । ”

नेपाल खानेपानी संस्थालाई लाम्पाटन क्षेत्रमा पानी उपलब्ध गराउने बिषयमा हाल पाइप लाइन समेत बिच्छाउन बिषेश पहल गरेको बताएका सांसद बरालले अब पानी उपलब्ध गराउने बिषयमा सवैले सहयोग गर्नुपर्ने बताए । उनले भने “जहाँ पसिना बगाइन्छ, जहाँ श्रम गरिन्छ स्वभाविक रुपमा अधिकार प्राप्तीको लागि पनि त्यहीबाट लड्नु पर्छ ।”

पोखरा महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष शोभाखर तिमिल्सिनाले खानेपानीले जथभावी रुपमा पाइप लाइन विस्तार गर्ने जनप्रतिनिधिहरुसंग कुनै सहकार्य समेत नगरेको गुनासो गरे । पोखरा २५ मा जिआई पाइप केही व्यक्तिको घर घरमा भएको बताएका उनले खानेपानी वितरण गर्ने नाममा भ्रष्टचार समेत हुने गरेको उनको आरोप छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope