महान्यायाधिवक्ताद्वारा शपथ


प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राणाले महान्यायाधिवक्ता खातीलाई शपथ गराउनुभएको हो ।

यसअघि महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिका उपस्थितिमा प्रधानन्यायाधीशले गराउने कानूनी व्यवस्था थियो । गत वैशाखदेखि प्रधानन्यायाधीशबाट हुने सबै शपथ सर्वोच्च अदालतबाट गरिन थालिएको छ । सोहीअनुसार महान्यायाधिवक्ताको शपथ सर्वोच्च अदालतमा भएको हो ।

सरकारको कानूनी सल्लाहकारका रुपमा महान्यायाधिवक्तालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । महान्यायाधिवक्तामा खातीलाई बिहीबार राष्ट्रपतिले नियुक्त गर्नुभएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope