दर्जन गौरवका योजना पूरा


बागलुङको गलकोट नगरपालिकाले तीन वर्षअघि थालेको वडास्तरीय गौरवका योजना पूरा गरेको छ । नगरका ११ वटामा प्रत्येक एक÷एक वडामा फरक–फरक योजना समावेश गरी गौरवको योजनामा समावेश गरिएको थियो । चार वर्षमा दर्जन गौरवका आयोजना सम्पन्न गरेको नगरपालिकाले जनाएको छ ।

निर्वाचित भएर आएपछि जनप्रतिनिधिले वडाको आवश्यकताका आधारमा बजेटको सुनिश्चिततासँगै छनोट गरेको तीन दर्जन आयोजना सम्पन्न भएको नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । गौरवका आयोजना छनोट गर्दा एक वडामा एक आयोजना भौगोलिक तथा सामाजिक मूल्याङ्कनका आधारमा गरिएको थियो । गौरवका योजनामध्ये कुनै वडामा पक्की सडक, कुनैमा स्वास्थ्य चौकी, कुनै वडामा वडा कार्यालय त कुनैमा सभाहल निर्माण गरिएको हो । गौरवका आयोजनामा लगातार रु २० देखि ६० लाखसम्मको बजेट बर्सेनि विनियोजन गरेर सम्पन्न गरिएको हो ।

“गौरवका आयोजनामा पहिलो वर्ष रु २० देखि ३० लाख विनियोजन गरेका थियौँं, यसलाई दोस्रो वर्ष थप गर्दै रु ४० देखि ६५ लाख र तेस्रो वर्ष सम्पन्न नभएका र बजेटको आवश्यकताका आधारमा विनियोजन गरेका थियौँ”, नगरप्रमुख गैरेले भन्नुभयो, “नगरले गर्व गर्न लायकका योजना सम्पन्न भएका छन्, जसका कारण सबै वडामा समानुपातिक विकाससमेत भएको छ ।” गौरवका योजनामध्ये गलकोट–१ मा स्वास्थ्यचौकीको भवन निर्माणमा दुई रोपनी जग्गा व्यवस्थापन गरिएको छ । गलकोटमा निःशुल्क जग्गा पाउन सक्ने अवस्था नभएपछि जग्गा खरिदमा समेत नगरपालिकाले ठूलो रकम खर्च गरेको छ । अहिले स्वास्थ्यचौकी निर्माणको काम शुरु भएको छ । यस्तै वडा नं २ मा वडा कार्यालय भवन व्यवस्थापन र नगर सभाहल निर्माण भएको छ । दुई वर्षदेखि नगरपालिकाका सबै गतिविधि यही नगरसभामा भइरहेको नगरपालिकाका प्रवक्ता तथा गलकोट–२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिनुभयो । सभाहलसँगै वडा कार्यालय व्यवस्थापनका लागि करिब रु ७० लाख खर्च भइसकेको छ । यस्तै वडा नं ३ ले बाइसे÷चौबीसे राज्यका पालामा गलकोटमा राज्य चलाउने कोतघरलाई पर्यटकीय गन्तव्य बनाउनका लागि गौरवको योजना पूरा गरेको छ ।

कोत घरको मर्मत, पर्खाल, पदमार्ग तथा कोतघरमा अजङ्गका खुकुरी र खुँडा राखिएको छ । उक्त खुकुरी र खुँडा हेर्न पर्यटकसमेत पुग्ने गरेको वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिनुभयो । कोतघर पुग्ने सडकसमेत फराकिलो बनाइएको छ । ऐतिहासिक महत्वको कोतघरमा चैतेदशैँ र बडादशैँमा मेला लाग्छ । कोतघर संरक्षण, खानेपानी र पदमार्गमा नगरपालिकासँगै गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले समेत लगानी गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope