लक्ष्यभन्दा रु आठ करोड बढी राजश्व सङ्कलन

आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कूल रु आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा रु आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार राजश्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य थियो ।
कार्यालयले लक्ष्यभन्दा रु आठ करोड ९१ लाख ५४ हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७७/७८ मा सङ्कलित राजश्वमा आयकर रु तीन अर्ब ५२ करोड १९ लाख १४ हजार, मूल्य अभिवृद्धि कर रु दुई अर्ब ५३ करोड ९० लाख १२ हजार र अन्तःशुल्क रु दुई अर्ब ८७ करोड २८ लाख ५० हजार रहेको छ ।
सो अवधिमा कार्यालयले आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हासिल गरेको छ । –––
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस