लागुऔषधको ‘ट्रान्जिन्ट प्वाइन्ट’ बन्दै सर्लाही


सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रबाट धमाधम लागुऔषध कारोवारी पक्राउ पर्न थालेका छन् । एक महिनाको अवधिमा दर्जनौँ तस्कर लागुऔषधसहित प्रहरीको फन्दामा परिसकेका छन् । नेपालबाट भारततर्फ गाँजा लैजाने तस्कर उताबाट फर्किँदा आफ्नो साथमा डाइजापाम, टेन्टेक्स, फेन्साडिल, कोडेक्सलगायतका प्रतिबन्धित लागुऔषध लिएर नेपाल भित्रिने क्रममा पक्राउ पर्ने गरेका प्रहरीले जनाएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण केही समय सुस्ताएको अवैध लागुऔषधको ओसारपसार फेरि बढेको पाइएको हो । पछिल्लो समय जिल्लास्थित नेपाल–भारत सिमानाको यो क्षेत्र लागुऔषध ओसारपसारका लागि ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको छ । छिमेकी जिल्ला सिन्धुली र मकवानपुरमा उत्पादन भएको गाँजा जिल्लाको बागमती, लखन्देही र बाँके नदीको बाटो प्रयोग गरेर तस्करहरुले भारतीय बजारमा पु¥याउने गरेका छन् ।

खोलाको बाटो हुँदै लुकाइछिपाइ लगिएको गाँजा भारतीय सीमामा लगेर महङ्गो मूल्यमा बेच्ने गरेको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बयान दिएका प्रहरीले जनाएको छ । सर्लाहीसँग सीमा जोडिएको सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रबाट व्यापक मात्रामा गाँजा ल्याउने गरिएको प्रहरीले बताएको छ ।

ती तस्करलाई गोप्य सूचनाका आधारमा जिल्लाको उत्तरी क्षेत्रमा रहेको लालबन्दी, हरिवन र बागमतीमा प्रहरी युनिटलाई सक्रिय पारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाही स्रोतले जनाएको छ । गाँजाको ओसारपसार रोक्न सिन्धुलीबाट आउने जिल्लाको उत्तरी भेगका भित्री सडक, नदीको बाटो तथा नेपाल–भारत सीमानाकामा कडाइका साथ निगरानी र जाँच बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope