‘बाँदर धपाउन कुकुर लिएर आउनु ’


बाँदर नियन्त्रणका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङले ‘बाँदर धपाआँै बालिनाली बचाऔँ’ अभियान शुरुआत गर्ने भएको छ । यसका हरेक घरधुरीबाट एक जना सहित कुकुर पनि लिएर आउन अनुरोध गरिएको छ ।

वडा कार्यलयले आज एक सूचना जारी गर्दै बाँदर धपाउने कार्यमा सहयोगगर्न आग्रह समेत गरेको छ । वडाका विभिन्न टोलबाट बाँदरले बालिनाली पूर्ण रुपमा नष्ट गरेको भन्ने गुनासो आएकोले अभियान शुरु गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले जानकारी दिनुभयो । बाँदर नियन्त्रणका लागि एकपटक अभ्यास गर्न लागिएको उहाँले जानकारी दिनुभयो । बाँदर धपाउन केन्द्र तथा प्रदेश सरकारले दीर्घकालीन उपाय खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope